Comments Add Comment

रातो र चन्द्रसूर्यबाट सेनासँग जोडिएका अम्बर

ambar gurung (5)

२५ जेठ, काठमाडौं । मंगलबार निधन भएका वरिष्ठ संगितकार अम्बर गुरुङलाई नेपाली सेनाले विशेष सम्मान दियो । प्रधानसेनापती राजेन्द्र क्षेत्री सहित सेनाका जर्नेलहरु श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठान पुगेका थिए ।

अम्बरसँग नेपाली सेनाको विशेष नाता छ । उनी सेनाका मनार्थ महासेनानी हुन् । अम्बरले संगीत र स्वर दिएको ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो गीतलाई सेनाले आफ्नो सैनिक गान बनाएको छ ।

तत्कालिन प्रधानसेनापती छत्रमानसिंह गुरुङको पालामा ‘रातो र चन्द्र सूर्य’ लाई सैनिक गीत बनाउने निर्णय सेनाले गरेको थियो । २०६७ साल साउन १४ मा भएको निर्णय अनुसारसेनाले अहिले आफ्नो प्रत्यक औपचारिक समारोह र उत्सवमा यो गीत बजाउने गरेको छ । उनै संगीतकार गुरुङलाई सेनाले २०६९ साल भदौ १५ गते नेपाली सेनाको मानार्थ महासेनानी अर्थात कर्णेल पद दिएर सम्मान गरेको थियो ।

श्रदाञ्जली दिन प्रज्ञाप्रतिष्ठान पुगेका प्रधानसेनापती क्षेत्रीले गुरुङको निधनले सेनालाई अत्यन्त दुखी बनाएको बताए । संचारकर्मीहरुसँग कुरा गर्दै सेनापति क्षेत्रीले भने ‘उहाँ सबैको लागि प्रिय हुनुहुन्थ्यो । उहाँले संगीत भरेको गीत नेपाली सेनाको गीत बनेको छ । त्यसैले हाम्रो लागि उहाँ विशेष हुनुहुन्थ्यो ।

सरकारले गुङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ भने सेनाले महासेनानीको हैसियतमा उनलाई अन्तिम सलामी दिने सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment