५ असार, काठमाडौं । प्रदेश नम्बर एकको राजधानी धनकुटालाई बनाउन धनकुटाबासीले माग गरेका छन् । उनीहरुले आइतबार पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्ना माग सम्बोधन गर्न ध्यानाकर्षण गराएका छन् ।
भौतिक पूर्वाधार, सामर्थय, सुरक्षा, सु्न्दरता, ऐतिहासिकताका आधार लगायत सबै किसिमले धनकुटा प्रदेशको राजधानी बन्न उपयुक्त रहेको उनीहरुको भनाइ छ ।
धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउने अभियान टोलीसँग देउवाले आफूले माग सम्बोधनका लागि सक्दो सहयोग गर्ने बचन दिएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जानकारी दिए ।