+
+

गाविस सचिवको पँजनी सुरु, भूकम्प प्रभावित सबै गाविसमा कर्मचारी पठाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ८ गते १६:५५

vdc 2८ असार, काठमाडौं । सरकारले आगामी आइतबारसम्म भूकम्पबाट प्रभावित राजधानी बाहेकका बाँकी १० जिल्लाका सबै गाविसमा गाविस सचिवहरु पठाइसक्ने गरी तयारी गरेको छ ।

भूकम्पबाट प्रभावित जिल्लाका करिब एक सय गाविसहरु अहिले पनि सचिवविहीन छन् । गाविसमा सचिव नहुँदा पुनर्निर्माणदेखि स्थानीय निकायको विकास निर्माणमा समेत अवरोध आएको छ र यसबाट सामाजिक सुरक्षाका कार्यक्रमसमेत प्रभावित बनेका छन् ।

हाल देशभर ३ हजार १ सय ५७ वटा गाविस कार्यालय छन् । यीमध्ये ४ सय १९ गाविसमा सचिव छैनन् ।

भूकम्प प्रभावित गाविसमा सचिवहरुको पदपूर्तिका लागि सामान्य प्रशासन मन्त्रालयले मंगलबार स्थानीय विकास मन्त्रालयलाई ६० जना अधिकृत पठाएको छ ।

अनलाइनखबरसँग कुरा गर्दै सामान्य प्रशासन मन्त्रालयका सचिव टंकमणि शर्माले भने, ‘बुधबार पनि स्थानीयलाई थप कर्मचारी पठाउँछौँ, लोकसेवाले पठाएको कर्मचारीले पुगेन भने अन्य कार्यालयबाट तानेर भए पनि एक महिनाभित्र सबै गाविसमा सचिव नियुक्त गर्ने गरी कर्मचारी पठाइदिन्छौँ ।’

सामान्य प्रशासन मन्त्रालयले मंगलबार पठाएका सबै अधिकृतलाई आइतबारसम्म भूकम्प प्रभावित जिल्लाका गाविसमा पठाइसक्ने स्थानीय विकास मन्त्रालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?