८ भदौ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले मुलपानी क्रिकेट मैदानको निरीक्षण गरेका छन् ।
मन्त्री श्रीपाइलीले मैदान निर्माणमा भइरहेको ढिलाइ, मुआब्जा प्रक्रिया लगायतका विषयमा चासो दिएको नेपाल क्रिकेट संघ क्यानका कार्यलय संचालन अधिकृत छुम्बी लामाले बताए ।
सहसचिव चुडामणि पौडेल र नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा पनिसँगै गएका थिए । मन्त्रीले स्थानीयसँग पनि कुरा गरेका छन् । मुलपानी मैदानमा निर्माणको काम भइरहेको छ ।