१२ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मधेसी मोर्चाको एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा महतोले विश्वासको संकट पैदा नहोस् भनेर सचेत गराएका छन् । ‘फलानो पार्टीमा मान्दैन भनेर आफ्नो जिम्मेवारीबाट भाग्न मिल्दैन’ भेटपछि महतोले भने, सहमति अनुसार संविधान संशोधन अघि बढाउनु पर्यो ।’
उनले मधेसी मोर्चाको सहमतिमा नै संविधान संशोधन प्रस्ताव अघि बढाउन समेत माग गरेका छन् । साथै घाइतेको उपचार र मुद्दा फिर्ता लिने लगायतको प्रक्रिया अघि बढाउन पनि माग गरेका छन् ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले दलहरुको सहमतिमा छिट्टै संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताएका छन् ।