+
+

मासु खाँदा घाँटीमा अड्किएपछि एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २६ गते १६:४३

२६ असोज, कञ्चनपुर । मासु खाँदा घाँटीमा अड्किएपछि कञ्चनपुरको कृष्णपुर– २ वाणीका ५६ वर्षीय बहादुर रावलको मृत्यु भएको छ ।

1 (43)गुलरियास्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले मासु खाने क्रममा घाँटीमा अड्किएर रावलको मङ्गलबार राति मृत्यु भएको जानकारी दिए ।

उनलाई उपचारका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पुर्याउँदा बाटोमै मृत्यु भएको थियो ।

त्यसैगरी मोटरसाइकलले ठक्कर दिंदा भीमदत्तनगरपालिका– २ उल्टाखामाका साइकलमा सबार कालुराम चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।

से २ प ९०६१ नं को मोटरसाइकलले पूर्व–पश्चिम राजमार्गको बेदकोट नगरपालिका– १३ दैजी क्षेत्रमा ठक्कर दिंदा घाइते भएका साइकलयात्री चौधरीको मङ्गलबार उपचारका क्रममा कोहलपुरस्थित मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?