Comments Add Comment

जंगबहादुरको कोट हराएको कथामा ‘जंगबहादुरको कोट’

bimlesh-and-jayan
बेलायत भ्रमणका क्रममा तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले किनेको एउटा कोटको प्रसंगलाई आधार बनाउँदै तयार भएको चलचित्र ‘जंगबहादुरको कोट’ कात्तिक २६ गते रिलिज हुँदैछ । यो चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका हुन् ।

यो चलचित्रमा नेपाल र अष्ट्रेलियाका रमणिय स्थानहरु कैद गरिएको छ । चलचित्रका निर्माता जयन खड्का हुन् । खड्काका अनुसार कथाको माग अनुसार नै अष्ट्रेलियामा चलचित्र खिचिएको हो ।

सस्पेन्स थ्रिलर कथामा तयार भएको यो चलचित्रमा विमलेश अधिकारी, सुचित्रा आचार्य, अनुप बराल, विश्व बस्नेत, सुवांगी कोइराला, मोहन निरौला लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । यो चलचित्रको एक गीतमा नायिका नन्दिता केसीको आइटम नृत्य पनि देख्न सकिन्छ ।

विमलेश र सुचित्राको चुम्बनको दृश्यका कारण पनि यो चलचित्रले चर्चा पाएको थियो । चलचित्रले पूर्ण मनोरञ्जन दिने विमलेशले जानकारी दिएका छन् । उनले चुम्बनको दृश्य आफ्ना लागि नयाँ अनुभव भएको पनि सुनाए ।

‘जंगबहादुरको कोट’को कथा उठान भएपनि जंगबहादुरको जीवनीको कथा भने चलचित्रमा नरहेको निर्माता खड्काले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment