+
+

साना किसान अनुकूलन आयोजना सञ्चालन

रासस रासस
२०७३ कात्तिक २९ गते ९:१९

२९ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनले पारेको असर कम गर्न वन तथा भू–संरक्षण मन्त्रालयले साना किसान अनुकूलन आयोजना सञ्चालन गरेको छ ।

कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइएफएडी) को सहयोगमा मध्यपश्चिमका छ जिल्लामा भू–संरक्षण मन्त्रालयसँग समन्वयन गरेर काम गरिएको आयोजनाका मदन ज्ञवालीले जानकारी दिए ।

उनले भने, “पछिल्लो समय जलवायु परिवर्तनले एउटा खेती हुनुपर्नेमा अर्को खेती भइरहेको छ त्यसको अध्ययन गरी आवश्यकताअनुसारको राय सुझाव र बीउबिजन उपलब्ध गराउने आयोजनाको प्रमुख काम हो ।”

यस्तै पशुपक्षी, प्रविधि, भौतिक निर्माण, बाढीपहिरोलगायतको क्षेत्रमा समेत आयोजनाले काम गरेको ज्ञवालीले बताए । आयोजनाले हाल मध्यपश्चिमका दैलेख, सल्यान, रुकुम, रोल्पा, जाजरकोट र कालीकोट जिल्लाका एक लाख ५० हजार किसानमाझ काम गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?