+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ट्रम्पका कारण आइफोनको मूल्य दोब्बर हुन सक्ने !

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २ गते २२:२८

trump-and-iphoneडोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी प्रबिधि कम्पनि एप्पललाई ठूलो दबाब परेको छ ।

आइफोनसहित धेरैजसो प्रोडक्टको उत्पादन चीनमा गर्ने एप्पललाई यतिबेला त्यस्ता प्रोडक्ट अमेरिकाभित्रै उत्पादन गर्न दबाब परिरहेको छ । चुनावी अभियानका क्रममा ट्रम्पले एप्पलको नामै लिएर पटकपटक भनेका थिए कि, एप्पलले चीनमा बिजनेस दिएर अमेरिकी जनतालाई धोका दिएको छ, रोजगारी खोसेको छ ।

के आइफोनको उत्पादन अमेरिकामै गर्न सम्भव छ त ? यतिबेला एप्पल त्यही सम्भाब्यता अध्ययनमा लागेको निक्केइ रिभ्यु पत्रिकाले छापेको छ ।

एप्पलका प्रोडक्टहरुको उत्पादन अहिले चिनियाँ कम्पनी फक्सकनले गरिरहेको छ । अमेरिकामै उद्योग स्थापना गरेर आइफोन स्थापना गर्ने कि भन्ने सोचाइमा पुगेको एप्पलको नेतृत्व भने लागत दोब्बर हुने तथ्याङ्क देखेपछि झस्केको छ ।

हजुर, यदि आइफोनको उत्पादन अमेरिकामै गर्ने हो अहिलेको भन्दा ठिक दोब्बर मूल्य पर्नेछ । यसको सिधा मतलव हो- एप्पलले सामसुङ र अन्य चिनियाँ प्रतिस्पर्धीसँग बजार युद्ध हार्ने छ ।

अमेरिकामै आइफोन उत्पादन गर्नु मूल्यमात्र नभएर सप्लाई चेन पनि अर्को कारण हो । आइफोनमा प्रयोग हु्ने अधिकांश सामाग्रीको उत्पादन एशियाली क्षेत्रमा हुन्छ । यी सामाग्रीको ढुवानी चीनमा गर्न सहज हुन्छ । यदि अमेरिकामा उत्पादन थाल्ने हो एप्पलको उत्पादन प्रकृया लम्बिने छ र समयमै बजारमा आइफोन पठाउन सक्नेछैन् ।

iphone-7-colorsट्रम्पको विजयसँगै एप्पल र यसका पार्टनरहरु भयभित भैरहेका बताइन्छ । चुनावी अभियानकै क्रममा ट्रम्पले सस्तो विदेशी श्रममा निर्भर भएका अमेरिकी कम्पनीहरुलाई शुल्क लगाउने घोषणा गरेका थिए । साथै उनले आफु राष्ट्रपति भएपछि अमेरिकी कम्पनीहरुलाई देशभित्रै फर्काउन आफ्नो शक्ति लगाउने बताएका थिए ।

एता ट्रम्पका खरो आलोचक रहेका एप्पलका सिइओ टिम कुकले गत हप्ता आफ्ना कर्मचारीहरुलाई लेखेको इमेल पत्रमा डोनाल्ड ट्रम्पको नाम समेत उच्चारण नगरी आफ्ना कर्मचारीहरुलाई एक भएर अघि बढ्न आग्रह गरेका थिए ।

आइफोन मात्र नभएर एप्पलका अन्य धेरै उत्पादनहरु एसियामै उत्पादन हुने गरेका छन् । आफ्नो उत्पादन चीनमा समेत आउटसोर्स गर्ने एप्पल एक्लो अमेरिकी कम्पनी हो ।

विश्लेषकहरुका अनुसार प्रविधि उत्पादन उद्योगको रोजगारी अमेरिकामै फिर्ता ल्याउने घोषणा ट्रम्पले गरेपनि त्यो असम्भव देखिन्छ । चीनमा पर्याप्त रुपमा उपलब्ध रहेको जनशक्ति, विज्ञता तथा आपूर्ति प्रणालीको क्षमता अमेरिकासँग मिल्दैन । विज्ञहरुका अनुसार अब अमेरिकी कम्पनीहरुलाई चिनिया श्रमिकहरु प्रयोग गरेको भनेर आलोचना गर्नुको कुनै अर्थ छैन । किनकी अमेरिकाले देशलाई चाहिने सीप भएका जनशक्ति उत्पादन गर्न बन्द गरिसकेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?