+
+

महिला एसिया कपः भारतद्वारा नेपालसामू १२१ रनको लक्ष्य प्रस्तुत

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १७ गते १०:२५

nepali-womens-cricket-team

१७ मंसिर, काठमाडौं । महिला एसिया कप क्रिकेटमा भारतले नेपालसामू १२१ रनको लक्ष्य दिएको छ ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

बैंककमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२० रन बनायो । उसको सुरुवात औसत रहृयो ।

२० रन जोड्दा पहिलो विकेट गुमाएको भारतले एक समय ६९ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । तर, शिखा पाण्डे र हर्मनप्रित कौरले छैटौ विकेटका लागि अविजित ५१ रनको साझेदारी गरिन् । पाण्डे ३९ र कौर १४ रनमा अविजित रहिन् ।

नेपालकी रुविना क्षेत्रीले २ विकेट लिइन् भने करुणा भण्डारी र सीता राना मगरले एक एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?