+
+

तिवारी हत्याको छनविन गर्न उच्चस्तरीय टोली रुपन्देहीमा

सलमान खान सलमान खान
२०७३ पुष ६ गते १६:२६
bigyan-raj-sharma
विज्ञानराज शर्मा

६ पुस, भैरहवा । युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको छानबिन गर्न सरकारले बनाएको उच्चस्तरीय टोली रुपन्देही आइपुगेको छ ।

सरकारले मंगलबार नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको थियो । बुटवल आएलगत्तै समितिले प्रमुख जिल्ला अधिकारीका साथै सुरक्षा अधिकारीसँग घटनाबारे छलफल गरेको छ ।

टोलीले घटनास्थलको अवलोकन गर्नुका साथै मृतकको परिवारसँग भेटघाट गर्ने, गोली लाग्ने क्रममा तिवारीसँगै मोटरसाइकलमा पछाडी सवार स्थानिय खुशी न्यौपानेलगायत सम्बन्धित व्यक्तिहरुसँग सोधपुछ गर्ने, इलाका प्रहरी कार्यालय बुटवलले गरिरहेको अनुसन्धानबारे जानकारी लिने कार्यक्रम रहेको उच्च प्रहरी स्रोतले बताएको छ ।

छानबिन समितिले घटनाको अनुसन्धान गरी १५ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउने छ । घटनाको छानबिन गर्नका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को एक टोली पनि रुपन्देही आइपुगेको छ ।

यो पनि पढ्नुहोस् 

तिवारी हत्याको २४ घण्टाः कहाँ पुग्यो प्रहरी अनुसन्धान ?

रुपन्देही प्रहरीले भन्यो: तिवारीको हत्यामा मनोज पुनको संलग्नता, पुरानो रिसइबी कारण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?