२६ पुस, रुपन्देही । लुम्बिनी अञ्चलमै पहिलोपटक मिर्गौला रोगीका लागि निःशुल्क डायलाइसिस सेवा बुटवलमा सुरू भएको छ ।
रुपन्देहीको बुटवलमा निजी क्षेत्रबाट सञ्चालित सिद्धार्थनगर सिटी हस्पिटल प्रालिले मिर्गौलाको डायलाइसिस सेवा सुरू गरेको हो ।
रक्षामन्त्री बालकृष्ण खाँणले बुधबार डायलाइसिस सेवाको उदघाटन गरे । उदघाटन कार्यक्रममा मन्त्री खाँणले बिरामीले सहजरुपमा सेवा पाउनेमा आफू ढुक्क रहेका बताए ।
हरेक अस्पतालमा हेलिप्याड हुनुपर्ने भन्दै उनले भने, ‘म स्वास्थ्य मन्त्री भएको भए हरेक अस्पताललाई आफ्नै हेलिप्याड बनाउन निर्देशन दिन्थेँ, त्यस्तो हुँदा बिरामीको ज्यान जान पाउँदैन, छिटो र सहज रुपमा अस्पतालमा पुर्याउन सकिन्छ ।’
सवारी जामले कैयौं बिरामीहरुको अस्पताल लाँदै गर्दा बाटैमा ज्यान गुमाउनु परेको भन्दै उनले हरेक अस्पतालको आफ्नै हेलिप्याड हुनुपर्ने बताएका हुन् ।
प्रतिक्रिया 4