+
+

‘स्ववियु चुनावको आचारसंहिता तीन दिनभित्रै’

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ ३ गते १७:००

३ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको आचारसंहिता तीन दिनभित्रै सार्बजनिक गर्ने तयारी गरेको छ ।

students-election२०६५ सालयता हुन नसकेको स्ववियु निर्वाचन आगामी फागुन १४ गते गर्ने निर्णय यसअघि नै त्रिभुवन विश्वविद्यालयले गरिसकेको छ । स्ववियु चुनावमा पहिलोपटक २८ वर्ष उमेरहद लागू गर्ने र मिश्रित प्रणाली अपनाउने त्रिभुवन विश्वविद्यालयले निर्णय गरेको छ ।

शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीले यसपटक कुनै पनि हालतमा स्ववियु चुनाव नसर्ने विश्वास व्यक्त गरिन् । सोमबार अनेरास्ववियुको टोलीसाग कुरा गर्दै उनले भनिन्, ‘स्ववियु चुनावको तयारी भइरहेको छ । बढीमा तीन दिनभित्र कार्यतालिका सार्वजनिक गर्छौं । स्ववियु निर्वाचन हुनेमा शंका गर्नुपर्दैन ।’

यसैबीच एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले निर्वाचनको कार्यतालिका छिटो सार्वजनिक गर्न माग गर्दै सोमबार त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा विद्युतीय मतदान मेशिन प्रयोग गर्न माग गरिएको छ । यसैगरी स्ववियु निर्वाचन सम्पन्न नहुन्जेल त्रिभुवन विश्वविद्यालयका सबै आंगिक र सम्बन्धन प्राप्त क्याम्पस प्रमुखलाई देशभित्र वा बाहिर कुनै पनि कार्यक्रम गर्न नदिन पनि अनेरास्ववियुले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?