+
+

नेपाली एसोसियसन अफ भिक्टोरियाको आयोजनामा न्याभ कप क्रिकेट हुने

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ ४ गते १७:१४

भिक्टोरियामा नेपाली हरुको छाता संगठन नेपाली एसोसियसन अफ भिक्टोरिया (न्याभ) ले आफ्नो वाषिर्क कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

nav-cup-cricket-logoनेपाली नयाँ बर्ष, बाल दिवस, तीज तथा दशैंका अवसरमा नियमित कार्यक्रम गर्दै आएको न्याभले बर्ष २०१७ का लागि आफ्ना अतिरिक्त कार्यक्रमहरु सार्वजनिक गरेको हो । न्याभको वाषिर्क क्यालेन्डरमा बर्ष को सुरुवातमै हुने न्याभ कप क्रिकेट प्रतियोगितादेखि बर्षको अन्त्यमा नेपाली समुदायबीच अन्तरराज्य नृत्य प्रतियोगितासम्म छन् ।

न्याभले आफ्नो पहिलो कार्यक्रमस्वरुप यही जनवरी २२ तारिकदेखि न्याभ कप क्रिकेट प्रतियोगिताको १२औं सस्करण सुरु गर्दैछ । स्थानीय हिमालयन क्रिकेट क्लवसँगको सहकार्यमा यही २२ तारिखदेखि हरेक आइतवार १० बजे हुने प्रतियोगितामा हिमालयन क्लब, न्यारे किङ्स क्रिकेट क्लब, सगरमाथा स्टार्स, सगरमाथा रेनेगेट्स, गोर्खाली क्रिकेट क्लब, नेपालय क्रिकेट क्लब र इस्टर्न ब्लुज गरी सात टिम सहभागी हुनेछन ।

प्रतियोगिताका संयोजक तारा गैरेले महिलाहरुलाई पनि न्याभ कप क्रिकेटमा सहभागिताका लागि प्रोत्साहन गर्ने उद्देश्यले फाइनलमा महिला टोलीबीच एक मैत्रीपूर्ण खेल हुने बताएका छन् ।

प्रतियोगिताका बिजेता तथा उपबिजेता टोली लाई क्रमशः एक हजार र पाँच सय डलर प्रदान गरिनेछ । यसैबीच भिक्टोरियन मल्टिकल्चरल कमिसनको प्रायोजनमा न्यभले अपि्रल १४ देखि १६ तारिखसम्म मेलवर्नमा मल्टिकल्चरल क्रिकेट प्रतियोगिताको पनि आयोजना गर्ने भएको छ ।

अस्ट्रेलियामा जन्मे/हुर्केका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउने उद्देश्यले नियमित रुपमा नेपाली भाषाकक्षा बालचौतारीको सुरुवात गरेको न्याभले यो बर्षको क्यालेन्डरमा वाटर सेफ्टी अवेरनेस कार्यक्रम पनि राखेको छ ।

न्याभका अध्यक्ष डा अनुपम पोखरेलका अनुसार, अस्ट्रेलियामा खासगरी समर सिजनमा पानीमा डुबेर थुप्रै नेपालीहरुले ज्यान गुमाइरहेका बेला समर सुरु हुनुअघि नोभेम्बरमा जनचेतना जगाउनका लागि न्याभले सप्ताहब्यापी वाटर सेफ्टी सचेतना कार्यक्रमको आयोजना गर्न लागेको हो।

संस्थागत रुपमा सन १९९७ मा स्थापना भएको न्याभले भिक्टोरियाको नेपाली समुदायको हित तथा नेपाली कला संस्कृतिको प्रबर्धनमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?