+
+

‘पद्यमावती’को सेटमा निर्देशक भन्सालीमाथि आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १५ गते ११:०४


निर्देशक संजयलिला भन्सालीमाथि आक्रमण भएको छ । चलचित्र ‘पद्यमावती’को छायांकनको क्रममा उनीमाथि करणी सेनाले आक्रमण गरेको हो । करणी सेनाले चलचित्रमा इतिहासँसग जोडिएको तथ्यलाई विगारिएको आरोप लगाएको छ ।

करणी सेनाले जोधपुरको फोर्ट इलाकामा भैरहेको सुटिङ सेटमा पुगेर आक्रमण गरेका हुन् । साथमा, सेटका थुप्रै सामानमाथि तोडफोड समेत गरेका छन् । शुक्रबार १२ बजेपछि करणी सेनाका केहि कार्यकता सेटमा पुगेर विरोध गरिरहेका थिए ।

संजयको कपाल भुत्लाइएको थियो भने उनीमाथि हातपात पनि गरिएको थियो । समयमा नै प्रहरी पुगेर स्थिती सम्हालेको थियो । चलचित्रका मुख्य नायक रणवीर सिंहले नायिका दीपिका पादुकोणसँग आफ्ना केहि इन्टिमेट दृश्य चलचित्रमा रहेको बताएपछि आक्रमण गरेको करणी सेनाले बताएको छ । संजयलिला भन्सालीमाथि आक्रमण भएपछि अहिले सिंगो बलिउड नै उनको समर्थनमा उत्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?