+
+

कैलालीको फूलबारीबाट ५० किलो चरेस बरामद, एकजना पक्राउ

दीपक उपाध्याय दीपक उपाध्याय
२०७३ माघ १६ गते १६:३०

१६ माघ, कैलाली । धनगढी उपमहानगरपालिका-१८ फूलबारीबाट ५० किलोभन्दा बढी चरेस बरामद भएको छ । पाँच ओटा बोरामा प्याक गरेर लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले आइतबार दिउँसो चरेस बरामद गरेको हो ।

क्षेत्रिय अनुसन्धान समूह सुदूरपश्चिमका प्रहरी सहायक निरीक्षकद्वय केशव जोशी र पदम थापाको समूहले देबबहादुर सिंहको घरबाट चरेस बरामद भएको सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विजय भट्टले जानकारी दिए ।

प्रहरीले अनुसन्धानका लागि सिंहलाई हिरासतमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?