+
+

अवैध रुपमा काठमाडौंमा बस्दै आएका ३७ वंगलादेशी नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २३ गते १८:३४

२३ माघ, काठमाडौं । कागजात विना अवैध रुपमा काठमाडौंमा बस्दै आएका ३७ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

विषेश सूचनाको आधारमा सोह्रखुट्टे प्रहरी वृतको टोलीलले ठमेल क्षेत्रबाट ३७ जनालाई पक्राउ गरेको हो ।

डीएसपी सोमेन्द्र सिंह राठौरका अनुसार विना पास्पोर्ट, विना कुनै कागजात अवैधरुमा विभिन्न कारखानाहरुमा लुकिछिपी काम गर्दै आएका ३७ जना बंगाली पक्राउ परेका हुन् ।

चमतीस्थित एक कपडा पसलबाट १५ जना, डल्लुको ज्याकेट पसलबाट ८ जना, नयाँबजारबाट १२ जना र ठमेलबाट ३ जना पक्राउ परेको डीएसपी राठौरले बताए ।

पक्राउ परेका सबैलाई सोमबार थप कारबाहीको लागि अध्यागमन विभाग पठाउने डीएसपी राठौरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?