+
+

सिद्धार्थ बैंकको ३९ प्रतिशत बोनस सेयर पारित

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ५ गते १८:०६


५ फागुन, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको १५औं वाषिर्क साधारणसभा सकिएको छ । साधारणसभाले सेयरधनीहरुलाई बैंकले जारी गरेको २५ प्रतिशत हकप्रद सेयरलाई समेत समावेश गरिएको पुँजीको आधारमा गणना गरी ३९ प्रतिशत बोनस सेयर प्रदान गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना संचालकहरुको निर्विरोध निर्वाचन गरेको छ । नवनिर्वाचित संचालकहरु मनोजकुमार केडिया, नरेन्द्रकुमार अग्रवाल, वीरेन्द्रकुमार साह र दिनेशशंकर पालिखे छन् ।

त्यसैगरीसाधारणसभाले सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुको समेत निर्विरोध निर्वाचन गरेको छ । सर्वसाधारण सेयरधनीहरुको तर्फबाट निर्वाचित संचालकहरुमा महेशप्रसाद पोखरेल, हेमन्त ज्ञवाली र राजेशकुमार केडिया छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?