९ फागुन, काठमाडौं । सरकारले १४ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले राजदूतहरु नियुक्तिको सिफारिस गरेको हो ।
संसदीय सुनुवाई सिफारिस समितिले प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।
लामो समयदेखि नेपालका ठूला दाता तथा लाखौंको संख्यामा नेपालीहरु कार्यरत देशहरुमा राजदूत छैनन् ।
कतार, साउदी अरब, युएई, जापान, डेनमार्क, अष्ट्रेलिया र इजरायलमा राजदूत खाली छन् । बहराइन, दक्षिण कोरिया र रुसमा पनि नेपाली राजदूत छैनन् । श्रीलंका, बंगलादेश, म्यान्मार र ओमानमा पनि राजदूत खाली रहेको लामो समय भइसकेको छ ।
यो पनि पढ्नुहोस्