+
+

दुई दुर्घटनामा चारको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ११ गते ८:२८

११ फागुन, लहान। सिरहाका छुट्टाछुटै स्थानमा गएराति भएका ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

सिरहाको पिप्रा प्र.पि.–५ स्थित भित्री सडकखण्डमा राति ८ बजे अनटेस्ट लेखिएको ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार पिप्रा प्र.पि.–५ निवासी रुपेश यादव, सोही ठाउँका हरेराम यादव र नितेश यादवको मृत्यु भएको छ ।

रुपेश र हरेरामको घटनास्थलमै तथा नितेशको उपचारका क्रममा सिरहा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यसैगरी, पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–८ स्थित सडकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स १ त ३२४८ नम्वरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी मोहनती यादवको मृत्यु भएको छ ।

राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोहनतीको लहानस्थित रामप्रसाद उमादेवी स्मारक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?