+
+

पत्रकार महासंघ दाङमा सविन प्रियासनको प्यानल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १३ गते १८:११

१३ फागुन, घोराही । नेपाल पत्रकार महासंघ दाङ शाखामा सविन प्रियासन नेतृत्वको प्यानल निर्वाचित भएको छ । प्रियासन नेकपा एमाले निकट प्रेस चौतारीका केन्द्रीय उपाध्यक्षसमेत हुन् ।

उनको विरोधमा प्रेस चौतारीकै दुर्गालाल केसीको अर्को प्यानल चुनावी प्रतिस्पर्धामा थियो ।

(यो समाचार पढ्नुहोस्- पत्रकार महासंघ दाङमा प्रेस चौतारीको गुटगत लडाईं)

चुनावमा प्रेस युनियन र प्रेस सेन्टरको समर्थन पाएका प्रियासनको पक्षमा १४९ मत परेको छ । उनका निकटतम प्रतिद्वन्द्वी केसीले ९१ मत पाए ।

सविन प्रियासनको प्यानलबाट उपाध्यक्षमा डिल्ली मल्ल (प्रेस सेन्टर), महिला उपाध्यक्षमा लिला शाह (प्रेस युनियन) र सचिवमा भुपेन्द्र प्रकाश ओली (प्रेस सेन्टर) निर्वाचित भएका छन् ।

यसैगरी सहसचिवमा गोकर्ण पौडेल (प्रेस चौतारी), महिला सहसचिवमा शर्मिला विसी (प्रेस युनियन) र कोषाध्यक्षमा आरके शितल (प्रेस युनियन) निर्वाचित भएका छन् ।

अधिवेशनमा २५९ मतदातामध्ये २४३ जनाले मतदानमा भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?