+
+

जनता बैंकको पनि चिपमा आधारित भिसा डेबिट कार्ड

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १९ गते ११:१८

१९ फागुन, काठमाडौं । जनता बैंकले बुधबारदेखि चिप प्रणालीमा आधारित भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।

कार्ड सम्बन्धि कारोवारलाई अझ सुरक्षित बनाउँदै कार्डबाट हुने कारोवारको जोखिम न्यूनिकरण गर्ने उदेश्यले चिप प्रणालीमा आधारित भिसा डेबिट कार्ड सञ्चालनमा ल्याईएको हो ।

पारम्परिक म्यागनेटिक स्ट्राइप प्रविधिका कार्डहरुभन्दा चिप प्रविधिका कार्डहरु बढी सुरक्षित मानिन्छन् ।

आफ्ना ग्राहकहरुसँग रहेका म्यागनेटिक स्ट्राइप प्रविधिका कार्डहरुलाई क्रमशः प्रतिस्थापन गर्ने बैंकको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?