+
+
Shares

सदभाव यात्राका लागि चार जना दूत नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २० गते १५:५२

सिड्नी । अष्ट्रेलियामा बहुसाँस्कृतिक समाज, समाजिक हार्दिकता र साँस्कृतिक सम्मानमा योगदान पुर्‍याएको भन्दै यहाँको एक अभियानका लागि दक्षिण एसियाली मूलका व्यक्तित्वहरुलाई सदभावना दूत घोषणा गरिएको छ ।

यसरी सम्मानित हुनेहरुमा आयसा अहमजाद, हरिष भेलजी, महेन्द्र कुमार लम्साल र गणेश तामाङ छन् । लम्साल र तामाङ नेपाली मूलका हुन् ।

प्रतिपक्षी लेवर पार्टीले वर्तमान सरकार अष्ट्रेलियाको बहुसाँस्कृतिक समाजलाई संरक्षण गर्ने कानुन परिवर्तन गर्न लागेको आरोप लगाएको छ । जातीय दमन अन्त्य गर्ने सम्बन्धी कानुनको धारा १८ ‘सी’ले अष्ट्रेलियामा कसैले कसैलाई उसको जातीय, राष्ट्रियता वा साँस्कृतिक आधारमा हेपेर बोल्नु कानुन विपरित ठान्दछ ।

लेवर पार्टीका नेता टोनी वर्कले सदभावना दूतहरुलाई प्रमाणपत्र दिँदै भने, ‘हामी अभिव्यक्ति स्वतन्त्रताका पक्षपाती हौं तर एउटा मानिसले अर्को मानिसलाई रंग, जात, राष्ट्रियता वा साँस्कृतिक आधारमा हेपाइयुक्त अभिव्यक्तिका हामी विरोधी हौं ।’

मार्चको पहिलो दिन राजधानी क्यानवेरामा संसदमा ९० सेकेण्ड लामो भाषण गर्दै प्रमुख प्रतिपक्षी नेता विल सोर्टेनले उक्त धारा परिवर्तन गर्न अनावश्यक भएको बताएका थिए । उनले भने, ‘अब बल प्रधानमन्त्रीको कोर्टमा छ, बिभाजन गरेर राज गर्ने कि कानुन परिवर्तन नगरी सदभाव राख्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?