+
+

सप्तरी घटनाले मधेसमा स्थानीय चुनावको सम्भावना घट्योः बादल

सप्तरी घटनामा सरकार दोषी नरहेको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २४ गते १७:४९


२४ फागुन, हेटौंडा । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले सप्तरी घटनाले मधेसमा स्थानीय चुनावको सम्भावना घट्दै गएको बताएका छन् । तीन जनाको ज्यान जाने गरी भएको सप्तरी घटनामा सरकार दोषी नरहेको उनले दाबीसमेत गरे ।

प्रेस सेन्टर मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले सप्तरी घटनाको गम्भीर समिक्षा हुने बताए ।

‘प्रधानमन्त्रीले गोली नचलाउन आदेश दिएका थिए । सरकारको आदेश विना गोली चलाउँदा भएको घटनाबारे गम्भीर समिक्षा हुनेछ,’ पूर्वरक्षामन्त्री समेत रहेका थापाले भने ।

नेकपा एमाले र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले बिना आदेश गोली चलाएकाले सरकारलाई दोष दिन नमिल्ने उनले तर्क गरे ।

उनले संविधान संशोधनपछि मात्र स्थानीय तहको चुनाव गराउनुपर्ने धारणा राखे । त्यसो भएमात्र तराई-मधेसका जिल्लामा चुनाव सम्भव हुने उनको भनाइ थियो । देशमा विकास गर्न तथा संघीयता र स्थायी शान्तिका लागि चुनाव आवश्यक रहेकामा नेता थापाले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?