+
+

कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्छः चलचित्र निर्माता संघ, नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २७ गते १५:०३


नेपाल-भारत सीमाना कञ्चनपुरको आनन्द बजारमा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट गोविन्द गौतमको मृत्यु भएकोमा चलचित्र निर्माता संघ, नेपालले भत्सर्ना गरेको छ ।

संघका अध्यक्ष नवल खड्काले शुक्रबार विज्ञप्ति जारी गर्दै भारत सरकारले माफी माग्नुपर्ने बताएका छन् । नेपाल सरकारले आनन्द वजार घटनामा ज्यान गुमाएका गोविन्द गौतमलाई सहिद घोषणा गर्नुपर्ने समेत खड्काको माग छ ।

खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘यस घडीमा नेपाली नेपालीबीचमा फूट र मनोमालिन्य हुने कार्यमा संलग्न नभई मातृभूमिको सम्मान र रक्षाका लागि एकताबद्ध हुन अनुरोध गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?