१५ चैत, काठमाडौं । एसीसी इमर्जिङ कप क्रिकेट अन्तरगत नेपाल अहिले बंगलादेशसँग भिडिरहेका छन् ।
नेपालले टस जितेर फिल्डिङ रोजेको छ । र, घरेलु टोली बंगलादेशका ब्याट्सम्यानहरुलाई नेपाली बलरहरुले दबावमा राखेका छन् । नेपालका अविनाश कर्ण चम्किएका छन् ।
उनले सुरुवाती ५ ओभरमा नै बंगलादेशको तीन विकेट लिन सफल भएका छन् ।
पहिलो ओभरको अन्तिम बलमा अज्मिर अहमदको विकेट लिएका उनले तेस्रो ओभरको पाँचौं बलमा मोहम्मद साफी हसनलाई शिकार बनाए । पाँचौं ओभरको तेस्रो बलमा उनले मिनुथको विकेट लिँदै नेपाललाई तेस्रो सफलता दिलाए ।
अहिले बंगलादेशी ब्याट्सम्यानहरुले सम्हालिएर ब्याटिङ गरिरहेका छन् ।
आज नेपाली टोलीमा सुशन भारी र सागर पुनलाई ड्रप गरिएको छ र अनिवाश कर्णसँगै भुवन कार्कीलाई टिममा ल्याइएको छ ।