२८ चैत, काठमाडौं । लामो समयदेखि बस्न नसकेको मन्त्रिपरिषद् बैठक आज बोलाइएको छ । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।
बैठकले संविधान संशोधनको नयाँ विधेयक पास गर्ने सम्भावना रहेको स्रोतले बताएको छ ।
सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै नयाँ संशोधन विधेयक बनाएको छ । यसका लागि संसदको प्रक्रियामा रहेको विधेयक फिर्ता लिइनेछ ।
र, सीमांकनलाई आयोगमार्फट टुंगो लगाउने गरी अन्य पाँच विषयमा संशोधन विधेयक बनाइएको छ ।