३ बैशाख, काठमाडौं । अरुण काबेली पावर कम्पनीको आज (आइतबार) बाट कारोबार खुलेको छ । सुचीकरण भएको ७ दिन पछि नियमअनुसार कम्पनीको कारोबार खुला गरिएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९९.०७ रुपैयाँदेखि २ सय ९७ रुपैयाँको मूल्य रेञ्ज दिएको छ । कम्पनीको हालको नेटवर्थ अनुसार पहिलो कारोबारको लागि तीन गुणासम्म मल्य दिने व्यवस्था रहेको छ । यही व्यवस्था अनुसार मूल्य सीमा तोकिएको हो ।
कम्पनीको कारोबार माथिल्लो सीमाबाट भएमा प्राथमिक सेयरमा लगानी गर्नेले मूल्य परिवर्तनबाट करिब ३ गुणासम्म प्रतिफल पाउने छन् । कम्पनीको प्रतिकित्ता १ सय रुपैयाँको दरमा प्राथमिक सेयर निष्कासन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4