+
+

बञ्चरोले कपाल काट्ने अनौठो सैलुन (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १७ गते १३:१४

सर्पले मसाज गर्ने, अण्डाले मेकअप गर्ने जस्ता दुनियाका अनेक खालका कृत्यहरुका बारेमा त सुन्नुभएकै होला । र, अहिले चाहीँ बञ्चरोले कपाल काट्ने अनौठो कृयाकलापको समाचार बाहिर आएको छ ।

वास्तवमा रुसी हेयर ड्रेसर डानिल इस्टोमिनले कैँचीले होइन बञ्चरोले कपाल काटिदिन्छन् । उनको सैलुनमा बञ्चरोले कपाल कटाउने ग्राहकहरुको भीड हुन्छ ।

आफुलाई बञ्चरोले कपाल काट्न निकै सजिलो हुने डेनियल बताउँछन् । उनीकहाँ आउने ग्राहक पनि नडराईकन बञ्चरोमा टाउको थाप्छन् ।

डेनियलले बञ्चरोले कपाल काटिदिएको डरलाग्दो लाग्ने भिडियो यु ट्युबमा पोष्ट गरेका छन् । जहाँ उनले ग्राहकको टाउकोमा बन्चरो चलाइरहेका छन् । बन्चरो कहिले निधार माथि पुराउँछन् त कहिले गर्धनमा ।

यो भिडियो यु ट्युबमा निकै लोकपि्रय बनेको छ । कतिपयले डेनियलको यो कामको प्रसंसा गरेका छन् भने कतिपयले चाहीँ कपाल कटाउने मामुली कामका लागि समेत टाउकोमा बन्चरो थाप्ने खतरा मोलेको भन्दै आलोचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?