+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विश्वको जुनसुकै कुनाबाट पनि गाउनुहोस् ‘प्रेमगीत २’को शिर्ष गीत

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १८ गते १८:२३

साउन १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रेमगीत २’ शिर्ष गीतको कभर प्रतियोगीता आयोजना गरिएको छ । चलचित्र निर्माण कम्पनी आशुसेन फिल्मस्ले केही दिन अगाडि युटुबमा सार्वजनिक भएको ‘कहानी यो प्रेमगीतको’ बोलको गीतको कभर प्रतियोगीता आयोजना गरेको हो । रोहित जोन क्षेत्री र श्रेया सोताङको आवाज, अमृत महरठ्ठाको शब्द र कल्याण सिंहको संगीत रहेको यो गीतको कभर विश्वका जुनसुकै स्थानबाट पनि गाएर पठाउन सकिनेछ ।

चलचित्रका निर्देशक रामशरण पाठकले भने-‘प्रतियोगीहरुले गीत गाउँदा जुनसुकै म्यूजिकल इन्स्टुमेन्ट, भिडियो रेकडिङ डिभाइस वा हाइलाइट्सको युटुब च्यानलमा उपलब्ध म्यूजिक ट्रायकलाई डाउनलोड गरेर प्रयोग गर्न सक्नेछन् ।’

प्रतियोगीहरुले वैशाख १८ गतेबाट असार २० गतेसम्ममा गीत पठाइ सक्नुपर्नेछ । निर्माता सन्तोष सेनले नयाँ प्रतिभालाई प्रोत्साहन दिन आफूहरुले कभर गीत प्रतियोगीता आयोजना गरेको बताए ।

उनका अनुसार, प्रतियोगीहरुले पठाएको भिडियो असार ३० गतेबाट युटुब च्यानलमा अपलोड गरिनेछ । विजेताको घोषणा भदौ १ गते गरिनेछ । हाइलाइट्स नेपालको च्यानलमा अपलोड गरिएका गीतको भ्यूजका आधारमा १० जना र वाइल्ड कार्ड इन्ट्रीका माध्यमबाट ५ जनालाई अन्तिम प्रतिस्पर्धामा लगिनेछ । अन्तिममा मुल्यांकनकर्ताहरुको निर्णयहरुको आधारमा एक जना महिला र एक जना पुरुषलाई विजेता घोषणा गरिनेछ । उनीहरुले, जनही १-१ लाख रुपैयाँ पुरस्कार पाउने निर्माता सेनले बताए ।

कार्यक्रममा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र नायिका अश्लेषा ठकुरी उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?