+
+

मोरङ व्यापार सङ्घमा सारडा समुहको बहुमत

रासस रासस
२०७४ वैशाख २५ गते ११:२६

२५ वैशाख, पथरी (मोरङ) । मोरङ व्यापार सङ्घको ३१ औँ कार्य समितिको लागि आइतबार सम्पन्न निर्वाचनमा पवनसारडा पक्षले बहुमत हासिल गरेको छ ।

गए राति सम्पन्न मतगणनाअनुसार सारडा समूहबाट उद्योगतर्फबाट अनुपम राठी, (५८९) पवनकुमार सारडा (३५६) अनिल सारडा (३५०) दिपेश सुवेदी (३५०) पवन राठी (३४२) देवासीस गोल्छा (३३८) सुनिलकुमार टिवडेवाल (३३७) ललीतकुमार बोहोरा ( ३२६) मत ल्याई कार्यकारी सदस्यमा विजयी भएका छन् ।

त्यसैगरी उद्योगी एव्म वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत पक्षका बहुसङ्ख्यक उम्मेदवार पराजित भएका छन् ।

पवन सारडा व्यापार सङ्घको पूर्व अध्यक्ष छन् । हाल विजयकुमार गच्छदार नेतृत्वको नेपाल फोरम लोकतान्त्रिकका तर्फका सांसद हुन् ।

मोरङ व्यापार सङ्घका निर्वाचन अधिकृत अधिवक्ता भरत थापाका अनुसार व्यापार सङ्घको सदस्यमा निर्वाचित प्रतिनिधिले अध्यक्ष, उपाध्यक्ष र महासचिव छान्ने छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?