+
+

स्थानीय चुनावमा कसरी भोट हाल्ने ? भिडियो हेर्नुहोस्

मत बदर नगरी यसरी छान्नुहोस् जनप्रतिनिधि

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २५ गते १६:२१

२५ बैशाख, काठमाडौं । स्थानीय तहको प्रतिनिधि छान्न अब ६ दिनमात्र बाँकी छ । बैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । तर अझै पनि धेरै मतदातालाई बैशाख ३१ गते कसरी मत दिने भन्ने अन्यौल छ ।

यो निर्वाचनमा एउटा मतदाताले ७ वटा मत संकेत गरेर ७ जना प्रतिनिधी छान्न सक्छन् । तर एकै पदका लागि एक भन्दा बढीलाई मत संकेत गरेमा बदर हुनेछ ।

त्यसैले निर्वाचनस्थलमा पुग्नु भन्दा अघि नै हरेक मतदाताले मतदान प्रक्रिया कस्तो हो र कसरी मत दिदा बदर हुँदैन भन्ने जान्नुपर्ने हुन्छ । त्यसैले तपाइले निर्वाचन आयोगले मतदाता शिक्षाका लागि तयार पारेको यो भिडियो हेर्नुभयो भने कसरी मतदान गर्ने र बदर नगरी प्रतिनिधी छान्न सकिन्छ भन्ने जान्न सक्नुहुन्छ ।

हेर्नुस् भिडियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?