+
+

लमजुङमा माओवादीले खाता खोल्यो, दोर्दीमा ओम विजयी

विमला अधिकारी विमला अधिकारी
२०७४ जेठ ४ गते १०:२१

४ जेठ, लम्जुङ । लमजुङको दोर्दी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेद्वार ओमबहादुर गुरुङ विजयी भएका छन् । यससँगै माओवादीले लम्जुङमा खाता खोलेको छ ।

गुरुङले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बिच्छ बहादुर घलेलाई २ सय ७३ मतले पछि पार्दै ३ हजार ६ सय २४ मतका साथ विजयी भएका हुन् । घलेले ३ हजार ३ सय ५१ म्ात ल्याएका छन् ।

गाउँपालिकाको उपप्रमुख पदमा नेकपा एमालेका दिलबहादुर घले विजयी भएका छन् । उनले ४ हजार ७८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वदी कांग्रेसकी निशा लामाले ३ हजार ३ सय १० मत ल्याएकी छन् ।

लम्जुङ जिल्लामा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।

यसअघि १ नगरपालिका र २ गाउँपालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । मध्यनेपाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रमेशकुमार पाण्डे ५ हजार ९६८ मत ल्याएर विजयी भएका छन् । दूधपोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छुपीमाया गुरुङ २ हजार ४ सय १३ र मर्स्याङ्दी गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेद्वार अर्जुन गुरुङ ४ हजार ७ सय १२ मतका साथ विजयी भएका छन् ।

४ नगरपालिका र ४ गाउँपालिका रहेको लमजुङमा १ नगरपालिका र ३ गाउँपालिकाको मतपरिणाम सार्वजनिक भइसकेको । जिल्लाको मुख्य आकर्षणको केन्द्र रहेको बेशीसहर नगरपालिकाको मत परिणाम आउन बाँकी छ । मत गणना अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?