+
+

गाउँ र नगरकार्यपालिकाको चुनावका लागि दलको पत्र अनिवार्य

निर्वाचन आयोगले भन्यो- पदाधिकारीकै हस्ताक्षर भएको पत्र पेश गर्नू

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ६ गते १४:१०

६ जेठ, काठमाडौं । पहिलो चरणमा चुनाव सकिएर नतिजा आइसकेका स्थानीय तहमा गाउँकार्यपालिका र नगरकार्यपालिकाको चुनावी चलहपहल फेरि सुरु भएको छ । गाउँ र नगरको कार्यपालिकामा चुनाव लड्न चाहने उम्मेदवारले सम्बन्धित दलको आधिकारिक पत्र बुझाउनुपर्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

निर्वाचन आयोगले गाउँसभाले निर्वाचित गर्ने गाउँकार्यपालिका एवं नगरकार्यपालिकाको सदस्य बन्न चाहने उम्मेदवारलाई दलको मनोनयन पत्र अनिवार्यरुपमा ल्याउन सूचना प्रकाशित गरेको छ ।

स्थानीय तह निर्वाचन ऐनले स्थानीय निर्वाचन सम्पन्न भएको १५ दिनभित्र गाउँपालिकामा ४ जना महिला सदस्य र २ जना दलित वा अल्पसंख्यक सदस्यसहित ६ जनालाई कार्यपालिका प्रतिनिधिका लागि निर्वाचित गर्नुपर्ने व्यवस्था  गरेको छ ।

(यो पनि पढ्नुहोस्- चुनाव सकिएका ३४ जिल्लामा स्थानीय सरकार गठनको तयारी)

निर्वाचन आयोगले कार्यपालिकाको सदस्यमा उम्मेवार बन्न चाहने महिला वडा सदस्य एवं स्थानीय मतदाता रहेका दलित अल्पसंख्यकलाई उम्मेदवार बन्न दलको तर्फबाट औपचारिक पत्र ल्याउन सूचना प्रकाशित गरेको हो ।

आयोगले सूचना प्रकाशित गर्दै त्यस्तो निर्वाचनका लागि उम्मेदवारी दिँदा निजले सम्वन्धित दलको पदाधिकारीकै हस्ताक्षर भएको मनोनयन पत्र पेश गर्नुपर्ने र सोही अनुसारको कागजपत्रका आधारमा मात्रै उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकारीहरुलाई परिपत्र गरेको छ ।

हेर्नुहोस् प्रेस विज्ञप्ति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?