+
+

भारतीय भूतपूर्व सैनिकलाई एक अर्ब निवृत्तिभरण

रासस रासस
२०७४ जेठ ११ गते १२:३८

११ जेठ, तम्घास (गुल्मी), । जिल्लाका अवकाश प्राप्त भारतीय भूतपूर्व सैनिक एवम् निजामती कर्मचारीलाई रु एक अर्ब १५ करोड निवृत्तिभरण वितरण गरिएको छ ।

सदरमुकाम तम्घासमा भूतपूर्व भारतीय सैनिकका लागि गत वैशाख २८ गतेदेखि १३ दिनसम्म सञ्चालन गरिएको क्याम्पबाट सो रकम वितरण गरिएको हो ।

बर्सेनि छ/छ महिनामा वितरण गरिँदै आएको उक्त निवृत्तिभरण लिनका लागि गुल्मी, अर्घाखाँची, बागलुङ, प्यूठान, रुकुम, रोल्पा र डोल्पाबाट गरी सात हजार भन्दा बढी भूतपूर्व सैनिक आउने गरेका जिल्लास्थित भूतपूर्व सैनिक सङ्घले जनाएको छ ।

केही भूतपूवै सैनिकले एसबिआई बैंकबाट निवृत्तिभरण लिने गरेका छन् । भारत सरकारले १५ देखि ३३ वर्षसम्म सेवा पु¥याएका भूपू सैनिक र अवकाश प्राप्त निजामती कर्मचारीलाई विगत ६० वर्षदेखि तम्घासबाट निवृत्तिभरण वितरण गर्दै आएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?