+
+

काठमाडौं महानगरका १८ मा एमाले,१४ वडामा काँग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १४ गते १६:२९

१४ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका १८ वटा वडामा नेकपा एमाले र १४ वडामा नेपाली काँग्रेस विजयी भएको छ ।

एमालेका तर्फबाट वडा नं १ मा भरतलाल श्रेष्ठ, २ मा राजेन्द्रकुमार श्रेष्ठ, ३ मा दीपेन्द्र केसी, ४ मा मोहनबहादुर विष्ट, ७ मा शुद्धकुमार डङ्गोल, ९ मा भरतलाल श्रेष्ठ, १२ मा विकास डङ्गोल, १३ मा धु्रवनारायण मानन्धर, १४ मा शोभा सापकोटा, १५ मा ईश्वरराज डङ्गोल, १८ मा न्हुच्छेकाजी महर्जन, २१ मा उदयचूडामणि वज्राचार्य, २२ मा चीनकाजी महर्जन, ३३ मा मच्चाराम महर्जन, २४ बालकृष्ण श्रेष्ठ, २७ चिनियाँमान वज्र्राचार्य, ३१ मा नारायणप्रसाद भण्डारी र ३२ मा नवराज पराजुलीले वडाध्यक्षमा विजय भएका छन् ।

त्यसैगरी काँगेसका तर्फबाट वडा नं ५ मा रमेश महर्जन, ६मा दीपेन्द्र लामा, ८ मा दिनेशकुमार डङ्गोल, १० मा रामकुमार केसी, ११ मा हिरालाल तण्डुकार, १६ मा मुकुन्द रिजाल, १७ मा नवीन मानन्धर, १९ मा शशीलाल श्रेष्ठ, २० मा राजेन्द्र मानन्धर, २५ मा नीलकाजी शाक्य, २६ मा ख्यामराज तिवारी, २९ मा कुश ढकाल, २८ मा भाइराम खड्की र ३० दलबहादुर कार्की वडाध्यक्षमा विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?