+
+

लमजुङमा अलैँची विरुवाको मूल्य तोकियो

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १८ गते ११:३१


१८ जेठ, काठमाडौं । अलैँचीको विरुवा रोप्ने सिजन सुरु भएसँगै यहाँ अलैँची विरुवाको नयाँ मुल्य निर्धारण गरिएको छ । जिल्ला कृषि विकास कार्यालय लमजुङ र नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाले संयुक्त रुपमा अलैँचीको विरुवाको नयाँ मूल्य निर्धारण गरेका हुन् ।

नयाँ मुल्य अनुसार अलैँचीको प्रति विरुवा ७ रुपैयाँदेखि १० रुपैयाँसम्म निर्धारण गरिएको छ । अलैँचीको गुणस्तर र जातका आधारमा मुल्य निर्धारण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुुसार रामसाई, गोलसाई र भरलाङ्गे जातको गुणस्तरीय विरुवाको प्रति मूल्य १० रुपैयाँ र सामान्य विरुवाको ८ रुपैयाँ निर्धारण गरिएको छ ।

डम्वरसाई, साउने र जिर्मले जातका अलैँची विरुवाको ९ रुपैयाँ र सामान्य विरुवाको ७ रुपैयाँसम्म मुल्य निर्धारण गरिएको छ । गतवर्ष जिल्लामा प्रति विरुवा १२ रुपैयाँ निर्धारण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?