+
+

कतार प्रकरणः ट्रम्प खुसी, फिलिपिन्सले कामदार पठाउन रोक्यो

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २४ गते १०:५७

२४ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासहितका खाडी मुलुकले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेको घटनालाई आफ्नो सफलताका रुपमा ब्याख्या गरेका छन् ।

ट्रम्पले ट्वीट गर्दै हालै आफुले साउदी अरबको भ्रमण गरेपछि कतारलाई एक्ल्याउन सफल भएको बताएका छन् ।

‘मेरो मध्यपूर्वको हालैको भ्रमणमा अतिबादलाई अब सहायता नदिइने बताएको थिएँ,’ ट्रम्पले भने-‘अरब मुलुकका नेताले कतारलाई यसमा साबधान गराएका छन् ।’

भ्रमणका अबसरमा साउदी राजाले इरानले आतंकबादलाई प्रायोजन गरेको आरोप लगाएका थिए । अहिले साउदीसहितका देशहरुले कतारलाई पनि सोही अभियोग लगाउँदै कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका छन् ।

कतारमा अमेरिकी सेनाको मध्यपूर्वमै सवैभन्दा ठूलो सैन्य अखडा रहेको छ । कतारलाई एक्ल्याउने सन्दर्भमा अमेरिकासमेत खुलेरै लागेपछि अब अमेरिका र कतारको सम्बन्ध पनि चिसिने देखिएको छ ।

फिलिपिन्सले कामदार पठाउन रोक्यो

यसैवीच फिलिपिन्सले कतारमा आफ्ना कामदार पठाउन रोक लगाएको छ । श्रम स्वीकृति पाइसकेका कामदारलाई समेत कतार जान रोक लगाइएको फिलिपिन्सको श्रम मन्त्रालयले जनाएको छ ।

कतार बिदेशी कामदारका लागि सुरक्षित रहेको प्रत्याभूति नभएसम्म कामदार पठाउने प्रकृया स्थगित गरिएको फिलिपिन्सले जनाएको छ । हाल कतारमा करिव डेढ लाख फिलिपिनो कामदार कार्यरत छन् भने खाडी मुलुकहरुमा २० लाखभन्दा धेरै फिलिपिनो कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?