+
+

उपप्रधान तथा परराष्ट्रमन्त्री महरा, जनार्दन शर्मा गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २४ गते १२:२४

२४ जेठ, काठमाडौं । देउवा सरकारमा नेकपा माओवादी केन्द्रको नेतृत्व कृष्णबहादुर महराले गर्ने भएका छन् । उनी उपप्रधान तथा परराष्ट्रमन्त्री हुनेछन् भने जनार्दन शर्मा प्रभाकर गृहमन्त्री बन्ने भएका छन् ।

माओवादी हेडक्वाटरको बुधबार बसेको बैठकले देउवा सरकारमा पार्टीको नेतृत्व महराले गर्ने निर्णय गरेको हो । उनी प्रचण्ड सरकारमा उप्रपधान तथा अर्थमन्त्री थिए ।

यस्तै गृहमा जनार्दनलाई पठाउने निर्णय भएको छ । उनी प्रचण्ड सरकारमा उर्जामन्त्री थिए ।

माओवादी बैठकमा प्रभु साहलाई विना विभागीय मन्त्री बनाउने निर्णय भएको छ । सत्ता साझेदार दलहरुसाग छलफलपछि साहको मन्त्रालय तोकिने छ ।

नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?