+
+

जिल्लाका कर्मचारीलाई एक साताभित्र स्थानीय तहमा खटाउन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३१ गते १८:११

३१ जेठ, काठमाडाैं । स्थानीय विकास मन्त्रालयले जिल्ला समन्वय समितिको कार्यालयमा कार्यरत स्थानीय तहका कर्मचारीहरुलाई विभिन्न स्थानीय तहमा खटाउन निर्देशन दिएको छ ।

मन्त्रालयले समन्वयन समितिमा आवश्यक न्युनतम जनशक्ति राखेर बाँकी कर्मचारीलाई जिल्ला भित्र रहेका स्थानीय तहमा खटाउन प्रमुख जिल्ला अधिकारीको समितिहरुलाई निर्देशन दिएको हो ।

मन्त्रालयले कर्मचारी खटाउँदा जनशक्ति नभएका, कम जनशक्ति भएका नवगठित गाउँपालिका र नगरपालिकालाई प्राथमिकता दिन निर्देशन दिएको हो ।

गतसाता मुख्य सचिव सोमलाल सुवेदीले जिल्ला स्थिति समन्वय समिति र स्थानीय तहहरुमा रहेका अतिरिक्त कर्मचारीलाई जनशक्ति नभएका नगरपालिका र गाउँपालिकामा खटाउन निर्देशन दिएका थिए । मुख्यसचिव सुवेदीले राजधानीभित्र एक साताभित्र र जिल्लाहरुमा एक महिनाभित्र कर्मचारी खटाइसक्न निर्देशन दिएका थिए ।

स्थानीय विकास मन्त्रालयले सोही निर्देशन अनुसार स्थानीय तहका कर्मचारीलाई जनशक्ति कम भएको स्थानीय तहमा खटाउन हरेक जिल्लाका प्रमुख जिल्ला अधिकार प्रमुख रहेको समितिलाई निर्देशन दिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?