+
+

बलिउडमा साहरुखको २५ बर्ष

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ११ गते २२:५०


सन् १९९२ जुन २५ को दिन बलिउडले एक नायक पाएको थियो, साहरुख खान । उनै, साहरुखले बलिउडमा प्रवेश गरेको २५ बर्ष भएको छ ।
सन् १९९२ जुन २५ का दिन साहरुख अभिनित पहिलो चलचित्र ‘दिवाना’ रिलिज भएको थियो । यसपछि, साहरुखले कहिल्यै पछाडि फर्किएर हेर्नु परेन ।

चलचित्र ‘दिलवाले दुल्हनिया ले जायंगे’मा काम गरेपछि साहरुखलाई बलिउडमा ‘रोमान्सका राजा’को नामले बोलाउन थालिएको हो ।
साहरुखले सुरुवातमा ‘बाजिगर, डर’ जस्ता चलचित्रमा काम गरे, जसमा उनी खलपात्रको भूमिकामा देखिए ।

२५ बर्ष लामो करिअरको दौरानमा साहरुखले ७० भन्दा बढी चलचित्रमा काम गरेका छन् । ‘कुछ कुछ होता हे, कभी खुशी कभी गम, माइ नेम इज खान, ओम शान्ती ओम, मे हुँ ना, चेन्नई एक्सप्रेस, रा वन, ह्याप्पी न्यू इयर, जब तक हे जान’ जस्ता सफल चलचित्रमा अभिनय गरेका साहरुखको यो बर्षको अगष्टमा ‘जम ह्यारी मेट सेजल’ नामक चलचित्र रिलिज हुँदैछ ।

बलिउडमा २५ बर्ष बिताइरहँदा साहरुख विश्वकै दोश्रो धनी कलाकार पनि हुन् । १५ सय बोकेर मुम्बई आएका साहरुखसँग आज ७ सय ५० मिलियन डलर सम्पत्ती छ । बलिउडमा प्रवेश गर्ने हरेक नायकको तुलना साहरुखसँग भएपनि उनले ‘बलिउडका बादशाह’को उप-नाम अरुलाई छिन्न दिएका छैनन् ।

बलिउडमा २५ बर्ष लामो यात्रा गरिसकेका साहरुखलाई उनका फ्यान र बलिउडकर्मीले शुभकामना दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?