+
+

कचनकबल–१ मा राप्रपाका लक्ष्मीनारायण यादव विजयी

गौरव पोखरेल गौरव पोखरेल
२०७४ असार १६ गते ६:५५

१६ असार, झापा । मुलुककै होचो ठाउँको रुपमा चिनिएको कचनकबल गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा राप्रपाका उम्मेदवार लक्ष्मीनारायण यादव विजयी भएका छन् ।

यादवले ८६० मतका साथ जित दर्ता गराउँदा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ७३२ मत पाए ।

एमाले उम्मेदवार ४०२ मतका साथ तेस्रो भए । माओवादीले ४२६ मत पाएको निर्वाचन अधिकृत देवीबहादुर भण्डारीले अनलाइनखबरलाई जानकारी दिए ।

गाउँपालिका प्रमुखमा भने कांग्रेसले लिड गरिरहेको छ । कांग्रेसका प्रमुखले ११६९ मत पाउँदा राप्रपाका मेयर उम्मेदवार ८५६ मतका साथ कांग्रेस उम्मेदवारलाई पछ्याइरहेका छन् । एमालेका प्रमुख पदका उम्मेदवारले ६१५ मत पाएका छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?