+
+

एमालेकी मञ्जु बनिन् दोस्रो चरणको पहिलो महिला मेयर

रामहरी ओझा रामहरी ओझा
२०७४ असार १८ गते २३:५०

 

१८ असार, डोटी । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रमुख पदमा उठेका महिलाले जित हासिल गर्न नसकिरहेका बेला डोटीको एक नगरपालिकाको मेयरमा महिला विजयी बनेकी छन् । डोटीको दिपायल सिलगढी नगरपालिकाको मेयरमा एमालेकी मञ्जु मलासी विजयी बनेकी हुन् ।

 

मलासी ४ हजार ४ सय १८ मत ल्याएर नगरपालिकाको मेयरमा विजयी बनेकी हुन् । उनलाई सुरुदेखि नै पछ्याएका नेपाली कांग्रेसका बाजीसिंह खड्का (विजय)  ४ हजार १ सय ५२ मा सीमित भए ।

यहाँ माओवादी केन्द्र तेस्रो भएको छ । माओवादी केन्द्रका उम्मेदवार प्रेमवहादुर नेपालीले मात्रै सात सय ३७ भोट पाएका छन् ।

उपमेयरमा नेकपा एमालेकै शिवराज खडकाले जित दर्ता गराएका छन् । खडकाले ४ हजार ५ सय ३६ मतका साथ जित दर्ता गराएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रशिष महराले चार हजार ९३ मत प्राप्त गरेकी छन । माओवादी केन्द्रको उपमेयर उम्मदवारलाई यहाँ मात्रै पाँच सय ८६ भोट परेको छ ।

शनिवार राति अबेर घोषणा भएको मत परिणाम अनुसार, नगरपालिकाका नौ वडाहरुमध्ये पाँच वडामा एमाले विजयी भएको छ । वडा नं. १, ५, ६, ७ र ९ मा एमाले विजयी भएको हो । अन्य वडाहरुमा भने कांग्रेसको पल्लाभारी भएको छ । यो नगरपालिकामा २०५४ सालमा पनि एमाले विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?