+
+

रुपन्देहीको सियारी गाउँपालिकामा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २१ गते ९:०८

२१ असार, रुपन्देही । जिल्लाको सियारी गाउँपालिका एमालेले जितेको छ ।

एमालेका उम्मेदवार अयोध्या थारूले ६ हजार ५२ मत प्राप्त गरेर गाउँपालिका अध्यक्षमा विजय हासिल गरेको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका थानेश्वर घिमिरेले पाँच हजार ४०० मत प्राप्त गरेका छन् ।

यस्तै, उक्त गाउँपालिकाको उपप्रमुखमा एमालेकी अमृता गुरुङ विजयी भएकी छन् । उनले ६ हजार ५० मतसहित जित हासिल गरेकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकै रीता चौधरीले पाँच हजार १२९ मत प्राप्त गरेकी छन् ।

गाउँपालिकामा सातवटा वडा रहेको सियारीमा पाँचवटा वडामा नेकपा (एमाले) र एक–एक वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली काँग्रेस विजयी भएका छन् ।

वडा नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुणकुमार शाही, २ मा नेपाली काँग्रेसका रामकिसन थारू र ३ देखि ७ सम्म क्रमशः नेकपा (एमाले)का किसन अहिर, सिरिप्रसाद श्रेष्ठ, थम्मनबहादुर पौडेल, शेरबहादुर गुरङ र सरोज अधिकारी विजयी भएका छन् । यो गाउँपालिकामा १७ हजार २०८ मत खसेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?