+
+

कृष्ण सिटौलाको गृहनगरमा एमालेको जीत

गौरव पोखरेल गौरव पोखरेल
२०७४ असार २२ गते ६:३६

 


२२ असार, झापा । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहनगर समेत रहेकाे जिल्लाकाे भद्रपुर नगरपालिकामा एमालेले बाजी मारेको छ । एमालेले मेयर र उपमेयर दुवै पदमा जित हासिल गरेको हो ।

एमालेका जीवनकुमार श्रेष्ठ ११ हजार ४२ मत ल्याउँदै मेयरमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गणेश पोखरेलले ७ हजार २ सय १५ मत पाए ।

त्यसैगरी, उपमेयरमा पनि एमालेकै चन्द्रमाया श्रेष्ठ विजयी भएकी छिन् । उनले १० हजार ६ सय ५० मत प्राप्त गरिन् ।श्रेष्ठकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारा भुर्तेलले ६ हजार ४ सय ९८ मत ल्याइन् ।

नेता सिटौलाले मतदान गरेको वडा नं. १० मा पनि एमालेको प्यानलै विजयी भएको छ । त्यो वडामा एमालेका टेकबहादुर खड्का (काजी)ले जित निकालेका हुन् ।

यहाँको १० वडामध्ये ७ वडा एमाले, २ कांग्रेस र १ माओवादीको पोल्टोमा परेको छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?