४ साउन, काठमाडौं । चुडामणि शर्माविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागमा नयाँ महानिर्देशक पठाएको छ । उनले बुधबारबाट कार्यभार सम्हालेका छन् ।
सहसचिव कार्कीलाई आन्तरिक राजस्वको महानिर्देशक नियुक्त गरिएको मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढंगानाले अनलाइनखबरलाई बताए ।
पछिल्लो समय सञ्चार मन्त्रालयमा कार्यरत सहसचिव कार्कीले यसअघि पनि आन्तरिक राजस्व विभागमा काम गरिसकेका छन् । कार्कीले भन्सार विभाग, सम्पत्ति शुद्धीकरण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा पनि विभिन्न पदमा जिम्मेवारी सम्हालिसकेका छन् ।
आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणिविरुद्ध कर फछ्र्यौट आयोगमा रहँदा भ्रष्टाचार गरेको अभियोग लागेको छ । शर्मासँगै आयोगका प्रमुख लिम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० अर्ब २ करोडबढीको भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
तर, शर्माकी पत्नीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले मुद्दा यथतास्थितिमा राख्न भनेको छ ।
साथै मुद्दा पूर्ण इजलासमा पठाएको छ ।