+
+

भरतपुर १९ मा २० गते चुनाव, आजैबाट शून्य समय सुरु

सुवास पण्डित सुवास पण्डित
२०७४ साउन १७ गते १६:५७

१७ साउन, भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडानम्बर १९ मा यही साउन २० गते पुन: निर्वाचन हुने भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकबाट निर्वाचन मिति तोकिएको हो । निर्वाचनको लागि आजैबाट शून्य समय सुरु भएको छ । शून्य समयमा चुनाव प्रचार प्रसार गर्न पाइँदैन ।

नेकपा एमालेका प्रतिनिधिहरुले २१ गते चुनाव गराउन प्रस्ताव गरेको थियो । तर, कांग्रेस, माओवादी लगायत दलका नेताहरुको सुझावमा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले २० गते नै चुनाव गराउने निर्णय भएको जानकारी गराएका छन् ।

पहिलो चरणको स्थानीय चुनावमा वडानम्बर १९ को मतगणना हुँदैगर्दा मतपत्र च्यातिएपछि पुनः चुनाव गर्न लागिएको हो । पुनः चुनाव गराउने यसअघिको निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । तर, सर्वोच्चले आइतबार सदर आयोगको निर्णयलाई सदर गरेपछि निर्वाचन अधिकृतको कार्यालयले पुनः निर्वाचन गराउन लागेको हो ।

भरतपुर महानगरपालिकाको मेयरमा एमालेका देवी ज्ञवाली र कांग्रेस-माओवादी गठबन्धनबाट माओवादी उम्मेदवार रेणु दाहाल प्रतिस्पर्धामा छन् ।

यो पनि पढ्नुहोस् 

भरतपुर प्रकरणमा सर्वोच्चको आदेशः पुनः मतदान गराउने आयोगको निर्णय सदर

भरतपुरको मतगणनास्थलमा तनाव, माओवादी प्रतिनिधिले मतपत्र च्याते

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?