+
+

रुकुमका सडकमा पहिलोपटक सोलार बत्ती जडान

टेकबहादुर ओली टेकबहादुर ओली
२०७४ साउन २४ गते ९:३८

२४ साउन, रुकुम । रुकुमका सडकमा पहिलोपटक सोलार बत्ती जडान गरिएको छ ।

मुसीकोट नगरपालिकाको अनुदानअन्तर्गत ठूला पूर्वाधार विकास कार्यक्रमबाट सदरमुकाम मुसिकोट खलंगामा पहिलोपटक सडक सोलार बत्ती जडान गरिएको हो । पहिलो चरणमा ४ वटा सोलार बत्ती जडान गरिएको छ ।

आर्थिक वर्ष २०७३–०७४ को ठूला पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ९२ लाख १६ हजारको लागतमा उक्त योजना सम्पन्न भएको मुसिकोट नगरपालिकाका कार्यकारी अधिकृत परमानन्द घिमिरेले जानकारी दिए ।

सडकमा जडान गरिएका प्रति सोलार पाताको क्षमता १ सय ४० वाट छ । ४ वटा पोलमा एउटा सोलार पाता, एउटा बल्ब र एउटा ब्याट्री राखिएको छ । सडकमा जडान गरिएका सोलार बत्ती अटो सिस्टमका हुन् ।

बत्ती रातिको समयमा आफैं बल्ने र बिहान आफैं निभ्ने कार्यकारी अधिकृत घिमिरेले वताए ।

उनका अनुसार, उक्त योजनाअन्तर्गत जिल्ला हुलाक मुनिको चोकबाट पुष्पलाल चोकसम्म साढे ५ मिटर चौडाइ भएको १ सय मिटर सडक आरसिटी ढलान गरिएको छ भने ७४ मिटर फुटपाथ निर्माण गरिएको छ ।

जिल्ला हुलाक मुनिको चोकबाट पुष्पलाल चोकसम्मको सडकलाई आरसिटी ढलान गरिएपछि सडक फराकिलो हुनुका साथै आवत जावतमा निकै सहजता आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?