+
+

जिसस बाँकेमा फोरमका श्रीबास्तब र काँग्रेसका चौधरी विजयी

आरपी सुवेदी आरपी सुवेदी
२०७४ साउन २५ गते १४:१७

२५ साउन, नेपालगन्ज । जिल्ला समन्वय समिति बाँकेको संयोजकमा संघीय समाजबादी फोरमका अजय श्रीबास्तब र सहसंयोजकमा काँग्रेसका ज्ञानेन्द्रकुमार चौधरी निर्वाचित भएका छन् ।

श्रीबास्तब यस अघि नै निर्विरोध निर्वाचित भएका थिए भने सहसंयोजकमा काँग्रेसका चौधरी र एमालेका अतिउल्ला खाँ निर्वाचनमा उत्रिएका थिए ।

मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले दिएको जानकारी अनुसार महिला सदस्यहरुमा विमला सिंह थारु, निलम सिंह ठकुरानी र जानुका क्षेत्री बिजयी भएका छन् ।

यसैगरी अन्य सदस्यहरुमा चेतबहादुर घर्तिमगर, गुट्टु थारु र जुल्फकर अलि मनिहार विजयी भए भने अल्पसंख्यकमा नफिस नाउले बिजयी हासिल गरे ।

९ सदस्यीय जिल्ला समन्वय समितिमा काँग्रेस, संघीय समाजबादी फोरम, राप्रपा र माओवादी केन्द्र गठबन्धनले बिजयी हासिल गरेको हो ।

मुख्य निर्वाचन अधिकृत पौडेलले जम्मा मतदाता १६ रहेको अवस्थामा विजयी हुने उम्मेदवारले ९ मत प्राप्त गरेको र पराजित हुनेले ७ मत प्राप्त गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?