Comments Add Comment

छोटो अवधीमा मोटोपन घटाउन चाहनुहुन्छ ? यस्तो छ सरल काइदा

तौल बढ्नु, मोटोपन बढ्नु भनेको ‘टाउको दुखाई’को विषय हुन् । स्वभाविक भन्दा बढी तौल एवं मोटोपनले शरीरलाई भद्दा देखाउँछ । न लुगाफाटो सुहाउँदिलो देखिन्छ, न छरितो नै । भद्दा देखाउने मात्र पनि होइन । रोग निम्त्याउँछ । मोटोपन आफैमा यस्तो समस्या हो, जसले शरीरमा अनेक रोगलाई जन्म दिन्छ । त्यसैले मोटोपन घटाउन अहिले कोहि जिम धाइरहेका हुन्छन् त कोहि खानामा कटौती गरिरहेका हुन्छन् ।

कसरी बढ्छ तौल ?

शरीरमा अतिरिक्त क्यारोली जम्मा भएपछि मोटोपन एवं तौल बढ्छ । हामीले खाएको खानेकुरा नै यसको स्रोत हो । यद्यपी खानेकुरा खाएर मात्र क्यालोरी बढी हुने होइन । खानेकुरा खाए अनुरुप शारीरिक सक्रियता नहुँदा अतिरिक्त क्यालोरी जम्मा हुन्छ ।

के छ तौल र क्यालोरीको सम्बन्ध ?

सामान्यत मोटोपन एवं तौल घटाउनका लागि धेरैले खानपानमा कटौती गर्छन् । अर्थात डाइटिङ गर्छन् । उनीहरु सूप वा सलाद मात्र सेवन गर्छन् । आफ्नो खुराक घटाउँछन् । यद्यपी यो तरिका सहि होइन । यसले फाइदा भन्दा बढी हानी गर्छ । मोटोपन एवं तौल कम गर्नका लागि खानामा क्यालोरी कम हुनुपर्छ, तर यो तरिकाले क्यालोरी नियन्त्रण गर्ने होइन ।

१० दिनमा एक किलो तौल घटाउनुहोस्

कुनैपनि व्यक्तिको एक किलो तौल घटाउनका लागि करिब ७ हजार ८ सय क्यालोरी खर्च गर्नुपर्छ । तर, यो एक दिनमा संभव हुने कुरा होइन । यसका लागि निश्चित योजना तय गर्नुपर्छ । आहार र व्यायामको सहि योजनाबाट यसरी तौल घटाउन सकिन्छ ।

कसरी बनाउने योजना ?

यदि हामीलाई दिनभरमा दुई हजार दुई सय क्यालोरी जरुरी हुन्छ, र तौल पनि कम गर्नुछ भने यस्तो स्थितीमा १७ सय क्यालोरीयुक्त आहार प्रतिदिन लिनुपर्छ । साथै हल्का व्यायाम पनि गर्नुपर्छ । जस्तो कि पैदल हिँड्ने, नाच्ने, एरोबिक्स गर्ने । यस हिसाबले पैदल हिँड्दा एक मिनेटमा पाँच क्यालोरी खर्च हुन्छ भने एरोविक्सबाट ७ क्यालोरीसम्म प्रतिमिनेट खर्च हुन्छ ।

यसरी आधा घण्टा अर्थात ३० मिनेट पैदल हिँड्ने हो भने, तपाईको लगभग १ सय २० क्यालोरी खर्च हुन्छ । एरोबिक्सले २ सय क्यालोरी खर्च हुन्छ । यसरी पैदल हिँड्ने, दौडने, व्यायाम गर्ने, नाच्ने जस्ता शारीरिक गतिविधीबाट निश्चित क्यालोरी घटाउन सकिन्छ । यससँगै खानपानमा पनि थोरै कटौती गर्ने हो भने मोटोपन एवं तौल घटाउन सकिन्छ ।


तौल घटाउने उपयोगी टिप्स

तौल घटाउनका लागि खानपान कटौती गरेर हुँदैन । बरु स्वस्थ्य र आवश्यक मात्रामा खानेकुरा सेवन गर्नुपर्छ, सन्तुलन मिलाएर । त्यस्तै शारीरिक रुपमा सक्रिय पनि हुनुपर्छ । शारीरिक गतिविधिलाई पनि जोड दिनुपर्छ । साथै, दिनचर्या पनि नियमित र सन्तुलित हुनुपर्छ ।

– एकसाथ धेरै खानेकुरा सेवन नगरौ ।

– राती अबेरसम्म बसेर खाने बानी हटाऔ ।

– बोसोयुक्त, मसलेदार, तारेको, भुटेको खानेकुरा बन्देज गरौ ।

– सकेसम्म उसिनेको वा उमालेको खानेकुरामा जोड दिनुपर्छ ।

– सलाद, सुप र फलफूललाई आफ्नो डाइटमा सामेल गरौ ।

– शारीरिक रुपमा सक्रिय हुनुपर्छ । एकै स्थानमा लामो समयसम्म बस्ने, सुत्ने नगरौ ।

– नियमित व्यायाम गरौ । योग गरौ ।

– छोटो दुरी पार गर्नुछ भने गाडी, मोटरसाइकल प्रयोग नगरौ । पैदल हिँडौ ।

– घर वा कार्यलयको सानोतिनो शारीरिक काम आफै गरौ ।

– बिहान दौडने वा छिटो छिटो पैदल हिँड्ने गरौ ।

– राती चाडै सुत्ने र बिहान चाडै उठ्ने अभ्यास गरौ ।

– सुत्ने र उठ्ने तालिका नियमित गरौ ।

– कम्तीमा सात घण्टा मस्त सुत्ने गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment